वाइवाइबारे भ्रामक प्रचारबाजी गर्नेलाई कानूनी कारबाहीमा जाने सिइओ पुडासैनीको चेतावनी

Posted on: 30 Apr, 2024

बैशाख १८, काठमाडौँ |  वाइवाइ चाउचाउका प्रमुख कार्यकारी निर्देशक प्रदीप पुडासैनीले तथ्यहीन र भ्रामक कुरा लेख्ने तथा भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्नेहरुविरुद्ध कानूनी कारबाहीमा जाने चेतावनी दिएका छन् ।

वाइ वाइ चाउचाउको गुणस्तरबारे भ्रामक र तथ्यहीन कुराहरू सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुविरुद्ध साइबर ब्युरोलगायत निकायमार्फत कानूनी कारबाहीमा जाने पुडासैनीले बताएका छन् ।

पुडासैनीले वक्तव्यमा भनेका छन्- वाइ वाइ चाउचाउको गुणस्तरका विषयमा आधारहीन,भ्रामक र तथ्यहीन कुराहरू लेख्ने,बोल्ने र भिडियो बनाएर पोष्ट गर्ने कार्य पूर्णतया गैरकानूनी कार्य हो । यस्तो काम गर्नेहरुविरुद्ध प्रचलित कानून बमोजिम कारबाही गरिने जानकारी गराइन्छ ।

वाइवाइको गुणस्तरबारे सरकारले जतिबेला पनि अनुगमन र नियमन गर्ने र त्यो प्रक्रिया पनि सधैँ चलिरहेको भन्दै गलत प्रचार स्वीकार्य नहुने उनले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!