कांग्रेस संसदीय दलको बैठक बस्दै, नयाँ रणनीतिक विषयमा छलफल हुने

Posted on: 17 May, 2024

जेठ ४, काठमाडौँ । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार बिहान ८:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने जानकारी दिएको छ । बैठकमा संसदमा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसदको अवरोध जारी राखेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!