प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगे ओली

Posted on: 30 Jun, 2024

असार १६, काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरबार पुगेका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको वार्ताले माओवादी पंक्ति तरंगित छ । प्रधानमन्त्रीले माओवादी नेताहरूसँग समेत ओली र देउवाबीचको छलफलबारे विश्लेषण गरेका थिए । आज बिहान प्रचण्डले ओलीलाई टेलिफोन गरेर हिजोको बालकोट भेटबारेसमेत चासो राखेको बताइएको छ ।

ओलीसँग टेलिफोन वार्तामा तय भएअनुसार दुई नेताबीच भेटघाट भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!