सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने

Posted on: 02 Jul, 2024

असार १८, काठमाडौँ | नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको थियो । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ । 

अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेका छन् । अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको छ ।

यता एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममा नयाँ सरकार बन्ने सम्भावना छ । उनले भने अध्यक्ष ओलीले आज वा भोलि साँझसम्ममा प्रधानमन्त्रीको शपथ लिने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!