रास्वपाको सचिवालय बैठक बस्दै

Posted on: 02 Jul, 2024

असार १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । बैठक केहीबेरमा संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा बदलिंदो राजनीतिक परिस्थितिबारे छलफल हुने रास्वपाले जनाएको छ । दुई ठुला दल कांग्रेस र एमाले बीच सत्ता समीकरणमा समझदारी गरेपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!