कांग्रेस-एमाले गठबन्धनलाई जसपा नेपालले साथ दिने

Posted on: 02 Jul, 2024

असार १८, काठमाडौँ । जनमत समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेस र एमाले गठबन्धनलाई आफ्नो पार्टीको समर्थन रहने बताएका छन् ।

यद्यपि, नयाँ सत्ता सहकार्यको विषयमा गाइँगुइँ कुरा भएपनि आफूहरूसँग औपचारिक रूपमा छलफल भने नभएको उनले बताए । प्रचण्डले सत्ता जोगाउन आफ्नो पार्टी फुटाइदिएको भन्दै उपेन्द्रले असन्तुष्टि पोख्दै आएका छन् ।


उनले भने, ‘हामीसँग छलफल नभएपनि हाम्रो समर्थन, सहयोग र साथ रहन्छ ।’

भनेपछि सरकारमा जान तयार हुनुहुन्छ ? भन्ने  प्रश्नमा उनले भने, ‘सरकारमा जाने कुरा त हामीले अहिले सोचेकै छैनौं ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!