रविलाई कांग्रेसको चेतावनी: हामीमाथिका लाञ्छना प्रमाणित गर्न नसके राम्रो हुँदैन

Posted on: 20 May, 2024

जेठ ७, काठमाडौं । नेपाली कांग्रेसले कांग्रेस नेताहरूमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको पुष्टि गरेर देखाउन चुनौती दिएको छ ।

सोमवार पत्रकार सम्मेलन गरी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अङ्गहरूलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाए ।


उनले नेपाली कांग्रेसलाई र कांग्रेसका नेताहरूलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिए ।

उनले सरकारको काम प्रश्न सोध्ने नभई काम गर्ने भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!