फ्रान्सको पत्रिकाले लेख्यो– राजनीतिक अस्थिरताको विश्व च्याम्पियन नेपाल

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । नेपाली राजनीतिमा निरन्तर रूपमा भइरहेको सत्ता परिवर्तनलाई लिएर युरोपेली मुलुक फ्रान्सको एक चर्चित पत्रिका ले मोन्डेले नेपाल राजनीतिक अस्थिरतामा विश्व  विजेता ‘नेपाल, द वर्ल्ड च्याम्पियन अफ पोलिटिकल इस्टाबिलिटी’ शीर्षकमा एउटा समाचार प्रकाशित गरेको छ ।

उक्त पत्रिकाले  राजनीतिक अस्थिरताको ओलम्पिकमा नेपाल शीर्ष स्थानमा  रहेको जनाएको छ।


पत्रिकामा सानो हिमालयन गणतन्त्रमा हालै १५ वर्षमा १४औँ प्रधानमन्त्री ७२ वर्षीय खड्गप्रसाद शर्मा ओली रहेको जनाइएको छ ।

पत्रिकाले नेपाली राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रति-गठबन्धन, पलटाव र विश्वासघातको सङ्ख्या समेत अचम्मको छ । उदाहरण दींदै, नेपालमा कहिले कम्युनिष्टहरूले अति-राजतन्त्रवादी पार्टीसँग गठबन्धन गर्ने गरेको समेत जनाएको छ । पत्रिकामा दुई पार्टीहरू कांग्रेस र एमालेले वर्षौंदेखि सबैभन्दा ठूलो कट्टर विरोधीहरूसँग एकआपसमा  गठबन्धन गरेको जनाएको छ । 

उनी सन् १९९० मा संसदीय व्यवस्था पुन:स्थापना भएपछिको ३०औँ प्रधानमन्त्री भएको समेत चर्चा गरेको छ । हरेक वर्ष जस्तो नयाँ प्रधानमन्त्री हुने गरेको सो पत्रिकाले उल्लेख गरेको छ । ले मोन्डे


यस बिषयमा तपाइको प्रतिक्रिया...!