पूर्वराजा ज्ञानेन्द्र छोरी र भतिजी लिएर भुटान पुगे, विमानस्थलमा राजकुमारीले गरिन् स्वागत

Posted on: 03 Oct, 2024

असोज १७, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । निजी भ्रमणका क्रममा उनी बिहीबार ५ सदस्यीय पारिवारिक टोलीसहित भुटानको राजधानी थिम्पु पुगेका हुन् ।

पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि छन् । पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा छन् ।


भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट गएका पूर्वराजा परिवार सदस्यलाई स्वागत गर्न विमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो । भुटानकी राजकुमारी पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेकी थिइन् ।

पूर्वराजाले भुटानी राजासँग भेटवार्ता गर्ने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!