वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ

Posted on: 26 Aug, 2022

भदौ १०, काठमाडौं | वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

धनकुटाको चौबिसे गाउँपालिका-५ घर भई हाल काठमाडौंको भीमसेनगोलामा बस्‍ने ३८ वर्षीय शान्त कुमार देवानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागको टोलीले कागेश्वरी मनहरा नगरपालिका काँडाघारीबाट पक्राउ गरेको हो ।


उनले पीडित गोकुल भण्डारीलाई वर्किङ भिसामा क्राएसिया पठाइदिन्छु भनी २ लाख रुपैयाँ रकम ठगी गरेको प्रहरीको दाबी छ ।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!