भिजिट भिसामा विदेश जान लागेका ३९ जनालाई विमानस्थलबाट फर्काइयो

Posted on: 24 Aug, 2022

भदौ ८, काठमाडौँ । भिजिट भिसाको मापदण्ड बिपरित विदेश उड्न लागेका ३९ जना महिलाहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको छ । भिजिट भिसामा ३९ जना महिलाहरु विदेश उड्न लागेको अवस्थामा उनीहरुको कागजात चेकजाँच गरिएको थियो । 

चेकजाँचको क्रममा उनीहरुले मापदण्ड पुरा गर्न पेश गरेका कागजातहरु सबै नक्कली भएको प्रहरीले जनाएको छ । विदेश जान लागेका महिलाहरुले धेरैजसो गल्फ र मिडल इस्टमा जानको लागि भिजिट भिसा लिएको पाइएको छ । भिजिट भिसाको नाममा वैदेशिक रोजगारको प्रलोभनमा ठगि बढेको र विदेशमा गएर अलपत्र पर्ने गरेको कारण सरकारले भिजिट भिसामा बिभिन्न मापदण्ड पुरा गर्नुपर्ने नियम ल्याएको थियो । तर बुधवार बिहान विमानस्थलबाट फिर्ता गरिएकाहरूले मापदण्डको कागजात नक्कली बनाएको पाइएको छ । उनीहरु विदेश जान नपाए पछि माइती नेपालको संरक्षणमा छन् ।

बैदेशिक रोजगारमा जान प्रलोभनमा विमानस्थलकै सेटिङमा भिजिट भिसामा पठाउने गरिएको आरोप लगाइदै आएको छ । मापदण्ड पुरा गरेर मात्र भिजिट भिसामा जान पाइने नियम भएपनि विमानस्थलमा चेकिङ कडा नहुँदा वा विमानस्थलकै सेटिङमा भिजिट भिसामा मापदण्ड पुरा नभएकाहरुलाई छिर्न दिएको तथा नक्कली कागजातहरु पेश गरेर पनि सजिलै भिजिट भिसामा जान दिने गरिएको आरोप छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!