कात्तिक महिनामा वैदेशिक रोजगारमा जानेको संख्या पछिल्लो ४ महिनाकै न्यून, कुन देश कति ?

Posted on: 29 Nov, 2023

मङ्सिर १३, काठमाडौँ । गत कात्तिक महिनामा वैदेशिक रोजगारमा जानेको संख्या पछिल्लो ४ महिनाको तुलनामा कम भएको पाइएको छ । गत कात्तिक महिनामा २४ हजार ७८ जना नेपालीले वैदेशिक रोजगारको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । 

यस अघि असोजमा ३८ हजार ९४२ जना, भदौमा ३५ हजार ३०३ जना र साउनमा ३९ हजार १५२ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार बिभागले जानकारी दिएको छ । 


गत कात्तिक महिनामा  युएई जाने नेपालीको संख्या सबैभन्दा धेरै रहेको छ । कात्तिकमा मात्र ७ हजार ४१० जनाले युएईको लागि श्रम स्वीकृति प्राप्त गरेका छन् । त्यस्तै मलेसिया रोजगारमा जान श्रम स्वीकृति लिनेहरुको संख्या कात्तिकमा ३ हजार ९७९ जना रहेका छन् । यो महिना मात्र साउदीको लागि ३ हजार ५०० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै कतार जानको लागि २ हजार ४३४ जना, कुवेतको लागि एक हजार ४४८ जना, क्रोएसियाको लागि एक हजार ११६ जना र जापानको लागि ५७५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!