साउन १०, काठमाडौँ | क्रोएसिया पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीको लागि समर बहादुर परियारलाई क्रोएसिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ६ लाख लाग्छ, क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु, मासिक तलब १ लाखभन्दा धेरै हुन्छ भनी उनि संग पटक पटका गरि जम्म रु. ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला उदयपुर ताप्ली गा. पा. वडा नं.४ घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा. नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई रहेका प्रहरीले बताए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला ललितपुर ललितपुर म.न.पा. नखिपोटबाट पक्राउ गरेको हो |
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!