मोबाइलमा लामो समय कुरा गर्नुहुन्छ ? सावधान ! यस्तो गम्भीर रोगको सिकार बन्नुहोला

Posted on: 17 Jul, 2018

जानकारी - प्रविधिको विकास र सहज पहुँचले संसारलाई नै नजिक बनाएको छ । विकसित धेरै प्रविधिमध्ये मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ । अडियो, भिडियो तथा समाचार प्राप्त गर्ने पहिलो माध्यम नै मोबाइल हुँदा यसको प्रयोग झन् बढेको छ ।

फेसबुक, स्काइप, ट्विटरजस्ता सामाजिक सञ्जालले यसको महत्व बढाएको छ । तर, मोबाइल धेरै प्रयोग गर्दा पुर्‍याउने असरका बारेमा भने धेरैले त्यति ख्याल गरेको पाइँदैन । यससम्बन्धी सयौँ अनुसन्धान पनि भइरहेका छन् । 

आदर्श प्रधान मनोपरामर्शदाता होलिस्टिक माइन्ड्सचुम्बकीय प्रदूषण विज्ञानको भाषामा पृथ्वीको हरेक क्षेत्र जस्तै हाम्रो शरीरमा पनि चुम्बकीय विद्युत् क्षेत्र हुन्छ, जसलाई मापन गर्न पनि सकिन्छ । त्यसैले प्रकृतिसँग एकाकार भएर बसेका वेला हाम्रो शरीरमा ऊर्जा भरिएको महसुस गर्छौं । प्रविधिको आविष्कारले मानव जीवन सहज बनाए पनि त्यसको प्रदूषणले निम्त्याउने असरबारे हामी चनाखो भएका छैनौँ ।

यो अत्यन्त सूक्ष्म हुने भएकाले थाहा नपाउने गरी असर पुर्‍याइरहेको हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । हाई भोल्टेज तार, मोबाइल टावर, फ्रिज, भ्याकुम क्लिनर, मोबाइलफोन, कम्प्युटर, टिभी, हिटरजस्ता विद्युतीय यन्त्रहरूबाट चुम्बकीय प्रदूषण भइरहेको हुन्छ । मोबाइलले स्वास्थ्यमा पार्ने असर मोबाइलले रेडियो फ्रिक्वेन्सी लिने र पठाउने वेला चुम्बकीय क्षेत्र बनाउँछ । 

सो चुम्बकीय क्षेत्रले मानिसलाई असर पुर्याउँछ । कमजोरी, टाउकोदुखाइ, थाइराइडको समस्या, आँखाको समस्या, डिप्रेसन, केस झर्ने, निद्रा नलाग्ने, मुटुरोग, मिर्गौलाको समस्या, उच्च रक्तचाप, मस्तिष्कको क्यान्सर आदिजस्ता गम्भीर रोग लाग्न सक्छ । अनुसन्धानका केही तथ्यहरू स्विडेन विश्वविद्यालयको अनुसन्धानअनुसार मोबाइलफोनमा दुई मिनेट गरेको कुराकानीले मस्तिष्कको रक्त प्रणालीमा अवरोध पुर्‍याउँछ । जसले स्नायुतन्त्रलाई हानि गर्ने एल्युमिन प्रोटिन मस्तिष्कमा प्रवेश गर्छ ।

मोबाइलको प्रयोगले अल्जाइमर, पार्किन्सन्सजस्ता मस्तिष्कसम्बन्धी रोग पनि लाग्न सक्छ । 

अहिलेसम्म भएका १५ हजारभन्दा बढी अनुसन्धानले यस्तो खतराको पुष्टि गरिसकेका छन् । न्युजिल्यान्डस्थित लिनकालिन विश्वविद्यालयको अनुसन्धानअनुसार मोबाइलफोनको विद्युत् चुम्बकीय क्षेत्रले मानिसलाई डिप्रेसन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थितिसम्म पुर्‍याउन सक्छ । मोबाइलको विद्युत् चुम्बकीय क्षेत्रले मिनरल, हरमोन, क्याल्सियम आदि तत्वमा असन्तुलन बनाएर हाम्रो मनोशरीरमा असर पुर्‍याउँछ । कोरियामा रेडियो फ्रिक्वेन्सीसम्बन्धी अध्यापन गरिरहेका डा. भानु श्रेष्ठका अनुसार सन् १९९३ मा मोबाइलफोनको एन्टेनाबाट निस्केको रेडियो फ्रिक्वेन्सी सुरक्षाको बारेमा वैज्ञानिक डा. जर्ज कार्लो र उनको समूहले ६ वर्षसम्म लगाएर अनुसन्धान गरेको थिए । अनुन्धानमा मोबाइलको प्रयोगले मस्तिष्कको ट्युमर हुन सक्ने अर्थात् मस्तिष्कको क्यान्सरलाई दुईदेखि पाँच गुना बढाउने तथ्य सार्वजनिक गरेको थियो ।

त्यस्तै, मोबाइलको एन्टेना प्रयोग गरे मस्तिष्कको क्यान्सर हुने सम्भावना रहेको पनि पत्ता लगाएको थियो ।

असरबाट बच्न के गर्ने ?

- मोबाइलफोनलाई मुटुभएको ठाउँमा नराख्ने, पाइन्टको गोजीमा राख्ने ।

- ल्यान्डलाइन फोनको प्रयोग बढी गर्ने ।

- अत्यन्त जरुरी फोनबाहेक धेरै बेरसम्म कुरा नगर्ने ।

- सकेसम्म मोबाइलमा कुरा गर्दा ह्यान्ड्स फ्री गरेर कुरा गर्ने ।

- १५ वर्षभन्दा मुनिको उमेरका व्यक्तिले मोबाइलको प्रयोग सकभर नगर्ने ।

- मोबाइलमा माइक्रो फ्रिक्वेन्सीको प्रदूषण सोस्न सक्ने चिप्स प्रयोग गर्ने ।

- मोबाइललाई सुत्ने वेलामा खाटमा वा आफूसँगै नराख्ने ।

- मोबाइलमा कुरा गर्दा ब्लुटुथ हेडसेटको प्रयोग कम गर्ने ।

- गुडिरहेको मोटर, गाडीभित्र बसेर फोनमा कुरा नगर्ने ।

- मोबाइलको सिग्नल कम आएको वेला फोनमा कुरा नगर्ने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!