युट्युबमा ३ लाख बढीले हेर्दै नेपाल र भारतबीचको भलिबल खेल

Posted on: 07 Aug, 2024

साउन २३, काठमाडौँ । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज नेपालले भारतको सामना गरिरहेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको छ भने दोस्रो सेटमा २५-१४ ले गुमाएको छ ।

कभर्ड हलमा सीमित सिटमात्रै हुँदा दर्शकले अनलाइन तथा टेलिभिजनबाट यो खेलको प्रत्यक्ष प्रसारण हेरिरहेका छन् ।

युट्युबमा काभा वुमन्स नेसन्स लिगको प्रत्यक्ष प्रसारण हेर्ने अधिकार हाम्रो खेलकुद डटकम पाएको छ । अनलाइनमा फाइनल खेल हेर्ने दर्शकको संख्या तीव्र रूपमा बढिरहेको छ । यो समाचार तयार पार्दासम्म हाम्रो खेलकुदको युट्युब च्यानलमा तीन लाख १४ हजार बढीले यो खेल प्रत्यक्ष हेरेका छन् । 

यसबाहेक काभा मिडियाको आधिकारिक युट्युब च्यानलबाट पनि यो खेलको प्रत्यक्ष प्रसारण भइरहेको छ, जहाँ यो समाचार तयार पार्दासम्म झन्डै १५ हजारले खेल प्रत्यक्ष हेरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!