नेपालमा ४ वटा भारतीय टेलिभिजन च्यानलको प्रशारण रोकियो

Posted on: 01 Aug, 2024

साउन १७, काठमाडौं । नेपालमा ४ वटा भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोकिएको छ । स्टार, जी, सोनी र कलर्स टेलिभिजनको प्रशारण रोकिएको हो । 

च्यानल प्रशारक र वितरकबीचको वित्तीय समस्याका कारण हाल उक्त च्यानलहरु उपलब्ध नरहेको सेवा प्रदायकहरुले जनाएका छन् । सेवा प्रयोगबापत गर्नुपर्ने भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले सटही सुविधा उपलब्ध नगराएकाले यो समस्या निम्तिएको एक सेवा प्रदायकले जानकारी दिए । 


उनले विगतमा इन्टरनेट सेवामा पनि यस्तै समस्या उत्पन्न भएको जानकारी अहिले फेरि राष्ट्र बैंकबाट सोही समस्या उत्पन्न भएको उनको भनाइ छ ।  सेवा प्रदायकहरुले ग्राहकलाई एसएमएस पठाउँदै सेवा उपलब्ध नभएकोबारे जानकारी गराएका छन् ।

जसमध्ये एक सुबिसुले एक सूचनामार्फत भनेका छन्, ‘च्यानल प्रसारक र वितरकबीचको वित्तीय समस्याका कारण स्टार, जी, सोनी र कलर्स च्यानलहरुक हाल उपलब्ध छैनन् । हामी यस समस्यालाई सकेसम्म छिटो समाधान गर्न निरन्तर प्रयासरत छौँ ।’

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!