इजरायलमा रहेको अमेरिकी दूतावासमा ड्रोन आक्रमण, एकको मृत्यु

Posted on: 19 Jul, 2024

साउन ४, काठमाडौँ । इजरायलको तेल अभिवमा रहेको अमेरिकी राजदूतावासमा ड्रोन हमला भएको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार एक सुसाइड ड्रोन हमलाले राजदूतावासमा आक्रमण गरेको हो ।


आक्रमणमा परेर एक जनाको ज्यान भएको छ भने १० जना घाइते भएका छन् । हमलासँगै पूरा सहरलाई रेड अलर्टमा राखिएको छ ।

यमनका हुथी विद्रोही समूहले आक्रमणको जिम्मेवारी लिएका छन् ।

हुथी प्रवक्ता याया सारीले दुस्मनको प्रतिरक्षा प्रणाली छलेर ड्रोन हमला गर्न सफल भएको बताएको आरटीले उल्लेख गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!