कृषि, उद्योग, होटल र रेष्टुरेन्ट जस्ता क्षेत्रमा ९२ हजार विदेशी श्रमिक भित्र्याउने इजरायलको निर्णय

Posted on: 19 Jun, 2024

असार ५,  काठमाडौँ । श्रमिक अभावलाई सम्बोधन गर्न खोज्दै इजरायल सरकारले कृषि, उद्योग, होटल र रेष्टुरेन्ट जस्ता क्षेत्रमा ९२ हजार विदेशी श्रमिक भित्र्याउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका महानिर्देशक योसी शेलीको अध्यक्षतामा सोमबार बसेको विदेशी श्रमिकसम्बन्धी उच्चस्तरीय समितिको बैठकले ९२ हजार श्रमिक  ल्याउने निर्णय गरेको हो ।


 इजरायलमा विदेशी श्रमिक अभाव भएपछि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले विदेशी श्रमिकको कोटा तोक्नको लागि गत १५ मेमा उच्चस्तरीय समिति बनाएका थिए । यो समितिको चौथो बैठक हो ।

जसमा सबैभन्दा बढी कृषि मजदुरका लागि ७० प्रतिशत कोटा विशेष गरी छुट्याइएको छ ।  कृषि क्षेत्रमा ६५ हजार, उद्योगमा १३ हजार दुई सय, होटलमा ६ हजार ८ सय र रेस्टुरेन्ट क्षेत्रमा दुई हजार जना रहेका छन् । इजरायलले रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदारहरूलाई अनुमति दिएको यो पहिलो पटक हो।

इजरायलले विदेशी श्रमिक ल्याउने देश भने छुट्याएको छैन । इजरायलको केयरगिभर क्षेत्रमा झन्डै ४५ सय कामदार कार्यरत छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!