इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला

Posted on: 20 May, 2024

जेठ ७, एजेन्सी | इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सीले जनाएको छ।

खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सीले जनाएको छ। जलेको ठाउँ भेटिएलगत्तै त्यहाँ उद्धारकर्मीहरुको टोली खटिएको छ। हेलिकप्टरमा सवारहरुको अवस्थाका विषयमा भने अझै खुल्न सकेको छैन।

‘टर्कीबाट खटाइएको ड्रोनले जलेको  ठाउँको पहिचान र्गयो र त्यसको जानकारी इरानी अधिकारीसमक्ष समन्वय गरेको छ,’हेलिकप्टर भेटिए पनि राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको अवस्था के कस्तो छ भन्नेबारे केही खुलेको छैन ।  अनादोलुले उल्लेख गरेको छ।

आइतबार खराब मौसमका कारण राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर बेपत्ता भएको थियो। हेलिकप्टरमा राष्ट्रपति रइसी र विदेशमन्त्रीसँगै पूर्वी अजरबैजान प्रान्तका गभर्नरसहित ९ जना रहेको जनाइएको छ । राष्ट्रपति रइसी सवारसहित ३ हेलिकप्टर सँगै भए पनि २ वटा हेलिकप्टर भने सकुशल अवतरण भएको समाचारमा उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!