मुम्बई होर्डिङ घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो, ७५ जना घाइते

Posted on: 16 May, 2024

जेठ ३, काठमाडौँ । मुम्बईको घाटकोपर क्षेत्रमा सोमबार साँझको आँधीबेहरी र बेमौसमी वर्षाका कारण एउटा पेट्रोल पम्पमा राखिएको १२० फिट लामो होर्डिङ बोर्ड खसेको थियो । 

बोर्ड खसेर थिच्दा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । घाइतेको संख्या ७५ जना भएको बताइएको छ । घटना भएको ६३ घन्टापछि उद्धार कार्य बन्द गरिएको छ । एनडीआरएफको दुई टोली उद्धार कार्यमा खटिएको थियो ।


बुधबार अबेर रात थप २ जनाको शब निकालिएको थियो । योसँगै मृतकको संख्या १६ पुगेको हो । सो होर्डिङ बोर्ड एशियाकै सबैभन्दा ठूलो भएको बताइएको छ ।  

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । राज्य सरकारले घाइते र मृतकका परिवारलाई आर्थिक सहायता दिने घोषणा गरेको छ । घटनाका दोषी मेसर्स इगो मिडिया प्रा. लि. का मालिक भावेश भिण्डे र अन्य केही विरुद्ध कतव्र्यसम्बन्धी मुद्दा दायर गरिएको छ । घटनापछि भिन्डे फरार छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!