६ दिनको हडताल पछि विश्व प्रसिद्द इफेल टावर खुल्ला, दोस्रो पटक भएको थियो हडताल

Posted on: 26 Feb, 2024

फागुन १४, पेरिस | ६ दिनको हडताल पछि विश्व प्रसिद्द एफिल टावर खुल्ने भएको छ । 

पेरिसको एफिल टावर हडतालका कारण ६ दिन बन्द भएपछि आइतबार आगन्तुकहरूका लागि पुनः खोल्ने अपेक्षा गरिएको हो ।

टावर व्यवस्थापन गर्ने तरिकाको आन्तरिक विवादका कारण गत सोमबार पहिलो पटक कामदारहरू त्यहाँबाट बाहिरिएका थिए । यसका अपरेटरले शनिबार युनियनहरूसँग सम्झौता भएको बताए पछि खुल्ने अपेक्षा गरिएको हो ।


गत तीन महिनामा प्रतिष्ठितल्यान्डमार्कमा यो दोस्रो यस्तो स्ट्राइक हो । पेरिस यस गर्मीमा २०२४ ओलम्पिक खेलहरू आयोजना गरिदैँछ ।

टावरको व्यवस्थापन गर्दै आएको सेटेले टिकट लिइसकेकाहरूसँग माफी मागेको छ र उनीहरूलाई कारबाहीबाट प्रभावित बुकिङहरूको लागि क्षतिपूर्ति दिइनेसमेत बताएको छ । हडतालका कारणा लगभग १ लाख टिकटहरू रद्द हुन पुगेका थिए । 

शक्तिशाली कन्फेडेरेशन जेनेरेल डु ट्राभेल (सीजीटी) युनियनका अनुसार कर्मचारीहरूले सेटेजको को व्यापार मोडेलमा हड्ताल गर्ने निर्णय गरेको थियो, जुन यसले भविष्यमा आगन्तुक संख्याको बढेको अनुमानमा आधारित थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!