इजरायल-हमासबीच जारी युद्धमा मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

Posted on: 11 Oct, 2023

असोज २४, काठमाडौँ | इजरायल र हमासबीच जारी युद्धमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार नाघेको छ।

गत शनिवारदेखि प्यालेस्टानी विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण सुरु गरेको थियो। हालसम्म दुबै पक्ष तर्फका गरी २ हजार १ सयभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार जारी सङ्घर्षमा इजरायलमा मात्रै १२ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने गाजा क्षेत्रमा ९ सयभन्दा बढीको मृत्यु भएको छ। जबकी ३ हजारभन्दा बढी घाइते भएका छन्।  

इजरायलका रक्षा मन्त्री योव ग्यालेन्टले आफ्ना सैनिकमाथिका सबै प्रतिबन्ध हटाइएको र युद्धमा जित्नका लागि आवश्यक सबै अधिकार दिइएको बताएका छन्।

उनले गाजा र इजरायलबीचको सम्बन्ध अब पहिले जस्तो नरहेको भन्दै थप क्षति हुन नदिनका लागि सबै ध्यान केन्द्रीत गर्ने पनि बताए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!