प्यालेस्टाइनको समर्थन गर्दा पोर्नस्टार मिया खालिफाले गुमाइन् जागिर

Posted on: 10 Oct, 2023

असोज २३, काठमाडौँ | हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि पोर्नस्टार मिया खालिफा यतिबेला विश्व मिडियाको हेडलाइन बनिरहेकी छन् । यो तनावका बीचमा उनी प्यालेस्टाइनको समर्थनमा उत्रिएपछि यसले धेरैको ध्यान खिचेको छ ।

प्यालेस्टाइनको समर्थन गर्दा मियालाई निकै महंगो परेको छ । मिया खालिफाले आफ्नो जागिर गुमाएकी छिन।

केही समयअघि क्यानडाली प्रसारक तथा रेडियो होस्ट टोड शपिरोसँगको मियाको व्यापारिक सम्झौता भएको थियो । तर, प्यालेस्टाइनलाई समर्थन गरेपछि खलिफालाई सो सम्झौताबाट बर्खास्त गरिएको छ । खलिफासँग सहकार्य गर्न लागेको शपिरोले उनको ट्वीट देख्नासाथ तत्काल बर्खास्त गरेको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन,‘यो वास्तवमै डरलाग्दो ट्वीट हो मिया खालिफा । घृणित ट्वीट। साँच्चै भन्नुपर्दा घृणितभन्दा बाहिर । आफूलाई तुरुन्तै प्रभावकारी बनाउन सिक्नुस् । सोचलाई केही माथि उठानुहोस् र आफूलाई एउटा राम्रो मानव बनाउनुहोस् । तपाईँले मृत्यु, बलात्कार, कुटपिट र बन्धक बनाउने कुरालाई सहज रूपमा लिनुभएको छ । त्यस्ता कार्यलाई माफ गरिरहनु भएको छ । कुनै पनि शब्दले तपाईँको अज्ञानतालाई व्याख्या गर्न सक्दैन । म तपाईँ राम्रो व्यक्ति बन्नको लागि प्रार्थना गर्दछु । यद्यपि यो तपाईँको लागि धेरै ढिलो भएको जस्तो देखिन्छ ।’

प्यालेस्टाइनको समर्थन मियालाई महँगो परेको छ । ३० वर्षीया खालिफा यतिबेला आफ्नो ट्वीटकै कारण सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन् ।

उनले हमासको आक्रमणलगत्तै ट्वीटरमार्फत प्यालेस्टाइनको समर्थन गरेकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘यदि तपाईँ प्यालेस्टाइनको अवस्था हेर्न सक्नुहुन्छ र प्यालेस्टिनीको पक्षमा हुनुहुन्न भने तपाईँ भेदभाव गर्दै हुनुहुन्छ र यसलाई समयले देखाउनेछ ।’

उनले पुन: दोस्रो ट्वीट गरेकी थिइन् । दोस्रो ट्वीटमा लेखिएको छ,‘म विश्वास गर्न सक्दिन कि नक्कली गुच्ची शर्ट पछाडि जियोनिस्ट भेदभाव लुकाइएको छ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!