इजरायलमा फेरि रकेट प्रहार, गाजामा बिजुली र इन्धनको आपूर्ति बन्द

Posted on: 09 Oct, 2023

असोज २२, काठमाडौँ | गाजाबाट सोमबार पुनः इजरायलमा रकेट प्रहार गरिएको छ । इजरायलको डिफेन्स फोर्स (आईडीएफ) ले हमलापछि खतराको साइरन बजाइएको जानकारी दिएको हो । 

यो साइरन जेरुसेलममा पनि सुनिएको थियो । बीबीसीका अनुसार त्यहाँ कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ । यद्यपि, यो विस्फोट रेकट ल्याण्ड भएर भएको हो वा इजरायलले त्यसलाई ध्वस्त गर्दा भएको हो भन्ने चाहिँ खुलेको छैन ।


यता, इजरायलका रक्षामन्त्री योआव गालेन्टले गाजा पट्टलाई पुरै घेराबन्दी गर्न आदेश दिएका छन् । उनले त्यहाँ बिजुली, रासन र इन्धनको आपूर्ति बन्द गरिएको पनि जानकारी दिएका छन् ।

गाजाको हवाई र तटीय क्षेत्रमा इजरायलको नियन्त्रणमा रहेको छ । इजरायले त्यहाँ हुने आपूर्तिलाई नियन्त्रण गर्दछ । 

प्यालेस्टिनी चरमपन्थी समूह हमासले शनिबार गाजाबाट इजरायलमा भीषण रकेट हमला गरेको थियो । इजरायलमा करिब ७ हजार रकेट प्रहार गरिएको हमासको दाबी छ ।

हमासको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको छ । अहिलेसम्म ७ सयभन्दा बढी इजरायली र ४ सयभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!