इजरायल र हमासबीचको द्वन्द्वमा मारिनेको संख्या ६ सय नाघ्यो

Posted on: 08 Oct, 2023

असोज २१, काठमाडौँ | इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षका ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

टर्कीस्थित इजरायली दूतावासले इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै हमासको आक्रमणमा हालसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र धेरैलाई अपहरण गरिएको जनाएको छ ।


आक्रमणमा परी घाइते भएका करिब २ हजार जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये १९ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको कारबाहीमा गाजामा ३१३ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।

आक्रमणमा करिब २ हजार प्यालेस्टाइनी पनि घाइते भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!