इजिप्टमा प्रहरी अधिकारीद्वारा दुई इजरायली पर्यटकको गोली हानी हत्या

Posted on: 08 Oct, 2023

एजेन्सी | इजिप्टमा प्रहरी अधिकारीले इजरायली पर्यटकमाथि गोली चलाएका छन् । सार्वजनिक रिपोर्टका अनुसार अलेक्जेन्ड्रिया सहरमा दुई इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ । 

स्थानीय मिडिया रिपोर्ट अनुसार एक प्रहरी अधिकारीले इजिप्टको उत्तरी तटमा स्थित प्राचीन रोमन स्थलतिर गइरहेका इजरायली पर्यटकको एक समूहमा अन्धाधुन्ध गोली चलाएका छन् । 


गोलीबारीमा दुई इजरायली पर्यटक र इजिप्टका एक गाइड मारिएको सूचना छ । यस्तै केही पर्यटक घाइते छन् । 

घटनापछि प्रहरी अधिकारीलाई तुरुन्त पक्राउ गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!