पपुवा न्युगिनीमा ७ रेक्टर र अफगानिस्तानमा ६.३ रेक्टरको भूकम्प

Posted on: 07 Oct, 2023

असोज २०, एजेन्सी | पपुवा न्युगिनीको मडाङ शनिबार बिहान सात रेक्टरको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ। सर्भेअनुसार ७२ किलोमिटर गहिराइमा रहेको भूकम्पीय केन्द्र पाँच दशमलव सात डिग्री दक्षिणी अक्षांश र एक सय ४६ दशमलव एक डिग्री पूर्वी देशान्तरमा रहेको थियो। 

यसैबीच अफगानिस्तानको पश्चिमी भूभागमा पनि शनिबार बिहान छ दशमलव तीन ६.३ रेक्टरको भूकम्प गएको युएसजीएसले जनाएको छ। त्यसपछि हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पका पाँच दशमलव पाँच, चार दशमलव सात र छ दशमलव दुई रेक्टरका तीनवटा पराकम्प गएका थिए। 

युएसजीएसले यसअघि छ दशमलव दुई रेक्टरका भूकम्प गएको जनाएको थियो। अफगानिस्तानको उक्त क्षेत्र उच्च भूकम्पीय जोखिम क्षेत्र हो। हिन्दकुश पर्वतमाला, युरेसियन र भारतीय टेक्टोनिक प्लेटहरूको सङ्गममा अवस्थित भएकाले अफगानिस्तान उच्च भूकम्पीय जोखिममा रहेको भूगर्भविदहरूले बताउँदै आएका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!