इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा २१ जनाको मृत्यु

Posted on: 04 Oct, 2023

असोज १७, एजेन्सी | इटालीको भेनिस सहर नजिकैको फ्लाइ ओभरमा बस दुर्घटना पछि भएको आगलागीमा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार भेनिससँग जोडिएको मेस्ट्रे जिल्लाको रेलवे ट्रयाक नजिकै एउटा पर्खाल तोडेर बस खसेको थियो। मृत्यु हुनेमा ५ युक्रेनी, एक जर्मन र इटालियन चालक रहेको सहरका प्रमुख मिसेल डि बारीले जानकारी दिए ।

यस्तै, भेनिसका मेयर लुँगी ब्रुगनारोले ‘ठूलो त्रासदी’ भएको टिप्पणी गरेका छन् । ‘एक सर्वनाश दृश्य, त्यहाँ कुनै शब्दहरू छैनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

भेनिस र नजिकैको मार्गेरा जिल्लाको क्याम्प साइटको बीचमा पर्यटक लैजानका लागि बस भाडामा लिइएको बुझिएको छ । यो घटना लगभग स्थानीय समय अनुसार मंगलबार साँझ ७:४५ बजे भएको थियो ।

केही स्थानीय समाचार अनुसार बस मिथेन ग्यासबाट सञ्चालित रहेको र बिजुलीको लाइनमा खसेपछि आगो लाग्न सुरु भएको थियो ।

घटनामा कम्तीमा १८ जना घाइते भएका छन् जसमध्ये ५ जनाको अवस्था चिन्ताजनक रहेको छ । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!