मेक्सिकोमा चर्चको छाना खस्दा ७ जनाको मृत्यु

Posted on: 02 Oct, 2023

एजेन्सी | उत्तरी मेक्सिकोको तामाउलिपास राज्यमा आइतबार एक चर्चको छाना भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।

राज्यका सार्वजनिक सुरक्षा प्रवक्ता जर्ज कुएलरले कम्तीमा सात जनाको मृत्यु भएको पुष्टि गरे।

उनका अनुसार भग्नावशेषबाट हालसम्म १० जनाको उद्धार गरिसकिएको छ। उद्धारकार्य जारी छ।

मदेरो शहरको सान्ता क्रुज गिर्जाघर भत्किनुको कारण संरचनागत कमजोरी हुन सक्ने कुएलरले बताए। 

तामाउलिपासका गभर्नर अमेरिको भिल्लारियलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!