ओडिसामा रेल दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या २८० पुग्यो, उद्धार कार्य जारी

Posted on: 03 Jun, 2023

जेठ २०, एजेन्सी | ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २८० पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ । उद्धारका लागि २०० भन्दा बढी एम्बुलेन्स खटाइएको भारतीय संचार मध्यले बताएको छ ।

बेंगलुरु–हावडा एक्सप्रेस र शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेस –र बालासोरमा मालबाहाक रेल दुर्घटना भएको जनाएको छ ।


अहिलेसम्म प्राप्त जानकारी अनुसार २८० जनाको मृत्यु भएको छ भने लगभग ६५० घाइते भएका छन् । घाइतेहरूको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोको अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!