नासाले विश्वको सबैभन्दा शक्तिशाली टेलिस्कोप प्रक्षेपण गर्दै

Posted on: 25 Dec, 2021

एजेन्सी | अमेरिकी अन्तरिक्ष नियोग (नासा) ले सबैभन्दा शक्तिशाली टेलिस्कोप प्रक्षेपण गर्ने भएको छ। नासा र युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले निर्माण गरेको संसारकै शक्तिशाली टेलिस्कोप क्रिसमसको दिन पारेर शनिबार प्रक्षेपण गर्न लागिएको हो।

समाचार संस्था रोयटर्सका अनुसार ९ अर्ब अमेरिकी डलरको लागतमा निर्माण गरिएको टेलिस्कोप फ्रेन्च गुएनास्थित लन्चिङ बेसबाट रकेटको माध्यममार्फत् प्रक्षेपण हुने बताएको छ। यो टेलिस्कोप सन् १९९० मा प्रक्षेपण गरिएको हब्बल टेलिस्कोपभन्दा सय गुणा शक्तिशाली पनि समाचारमा जनाइएको छ।

यो टेलिस्कोपमार्फत् ब्रम्हाण्डको सुरुआतमा निर्माण भएका अन्तरिक्ष, उल्कापिण्ड र ग्रहका बारेमा पत्ता लगाउनुका साथै एलियनको उपस्थिति र ब्रम्हाण्डको रहस्य पनि पत्ता लगाउने बताइएको छ।

यसले अन्तरीक्षबाट पृथ्वीमा उडेको चराको तस्बिर पनि निकै स्पष्ट रुपमा खिच्न सक्ने बताइएको छ। यो टेलिस्कोपको अप्टिक्समा सुन धातु प्रयोग गरिएको छ जसले इन्फ्रारेड प्रकाशलाई पनि परावर्तन गर्नसक्छ।

२१ मिटर व्यास रहेको यो टेलिस्कोपलाई सूर्यको किरणबाट जोगाउन टेनिस कोर्टको आकारका ५ वटा तहका सनसिल्ड लगाइएको छ, जसलाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो विज्ञान परियोजनाको रुपमा मानिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!