सन् १८८६ मा जन्मिएका १३५ बर्षीया जेष्ठ नागरिकको मृत्यु !

Posted on: 18 Dec, 2021

पुस ३, काठमाडौँ | चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ। स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको निधन भएको हो। उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो। उनी सन् २०१३ देखि देशको सबैभन्दा जेष्ठ नागरिक घोषित भएकी थिइन्।

निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन्। ‘उनी सधैं खुसी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्नुहुन्थ्यो,’उनका एक आफन्तले भने। उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!