म्याराडोनाको हराएको घडी भारतमा भेटिएपछि…

Posted on: 12 Dec, 2021

एजेन्सी | फुटबल बादशाह डियगो म्याराडोनाको हराएको घडी भारतको असाममा फेला परेको छ ।

करिब १३ हजार २ सय डलर मूल्य बराबरको हुब्लो वाच दुबईबाट हराएको थियो । घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे । उनी हालसालै दुबैबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ । दुबई प्रहरीको सहयोगमा सो घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानकारी दिएका छन् ।

‘अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्याराडोनाको घडी फेला परेको छ । दोषीमाथि कानुनी कारबाही गरिएको छ,’ शर्माले भनेका छन् । आरोपित व्यक्ति दुबईस्थित एक कम्पनीमा सुरक्षा गार्डको रूपमा काम गर्थे । कम्पनीमा केही दिन काम गरेपछि बाबु बिरामी भएको भन्दै ती व्यक्ति अगस्टमा असाम फर्किएका थिए ।

घडी हराएपछि दुबई प्रहरीले असाम प्रहरीको सहकार्यमा अनुसन्धान बढाएको थियो । त्यस लगत्तै वाजी हुसेन शनिबार घरबाटै पक्राउ परेका थिए । उनी बसेको घरबाट घडी पनि भेटिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!