गुगल म्यापले पत्नीको पोल खोलेपछि पतिले दिए डिभोर्स

Posted on: 08 Sep, 2023

एजेन्सी | उसो त आम मानिसहरु कुनै पनि ठाउँमा जाने बाटो पत्ता  लगाउन वा कुनै ठाउँको अवस्थिति कस्तो रहेछ भन्ने थाहा पाउनका लागि गुगल म्यापको प्रयोग गर्दछन् । तर कहिलेकाहीँ गुगल म्यापमा खोज्दा यस्ता दृश्यहरु पनि देखिन्छन् जो हामीले कल्पनासम्म पनि गरेका हुँदैनौँ ।

हालै एकजना व्यक्तिले गुगल म्यापमा यस्तै भयंकर अनुभव संगालेका छन् । ती व्यक्तिले घरबाट निस्किँदा गुगल म्याप हेरे र त्यसमा यस्तो कुरा देखे कि उनको वैवाहिक जीवन नै टुंगियो ।

गुगल म्यापले प्रायः सम्बन्धित स्थानहरुका केही पुराना जुम इन फोटोहरु राखेको हुन्छ, जसलाई जोकोहीले हेर्न सक्दछ । ती व्यक्तिले गुगल म्यापको एउटा तस्वीरमा आफ्नी पत्नीलाई देखे । पत्नी जुन अवस्थामा तस्वीरमा देखिएकी थिइन् त्यो आपत्तिजनक थियो । जसका कारण उनले पत्नीसँग डिभोर्स गर्ने निष्कर्षमा पुगे ।


यो घटना पेरुको राजधानी लिमामा भएको हो । गुगल क्यामराले लिएको सो तस्वीर गुगल म्यापमा सबैले देख्ने गरी राखिएको थियो । सन् २०१३ मा खिचिएको आफ्नी पत्नीको सो तस्वीर हालै मात्र उनले देखे र पहिचान गरिहाले ।

वास्तवमा गुगल म्यापको सो तस्वीरमा उनकी पत्नी सडक किनाराको एउटा बेन्चमा कुनै परपुरुषसँग अन्तरंग पलहरु बिताइरहेको अवस्थामा थिइन् । उनले आफ्नो काखमा टाउको राखेर पल्टिएको एकजना पुरुषको टाउको सुमसुमाइरहेकी थिइन् ।

सो तस्वीर देखेपछि उनले १० वर्षदेखि पत्नी कुनै परपुरुषसँग सम्बन्धमा रहेर आफूलाई धोका दिइरहेको थाहा पाए । त्यसपछि पत्नीसँग कुराकानी गर्दा उनले पनि विवाहेत्तर सम्बन्ध स्वीकार गरिन् । अन्ततः उनले आफू अब सँगै बस्न नसक्ने भन्दै डिभोर्सको प्रस्ताव राखे । उनीहरुबीच सहमतिमै डिभोर्स भएको छ ।

ती व्यक्तिले हालै आफ्नो फेसबुकमा गुगल म्यापको उल्लेखित तस्वीर शेयर गरेका छन् जसका कारण उनकी पत्नीको हर्कतको खुलासा भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!