टस जितेर नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने

Posted on: 12 Feb, 2024

माघ २९, काठमाडौँ | नेपालले क्यानडाविरुद्धको आज खेलिने अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिले बलिङ गर्ने भएको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको हो ।

तीन खेलको एकदिवसीय शृङ्खलामा नेपाल २–० ले अगाडि छ । नेपालले पहिलो खेलमा क्यानडामाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको थियो । दोस्रो खेलमा भने नेपालले क्यानडालाई ४ 

विकेटले हराएको थियो ।

कीर्तिपुर मैदानमा सोमबार घरेलु टोली नेपाल शृङ्खलालाई ‘क्लिन स्विप’ गर्ने धुनमा हुनेछ । भ्रमणकारी टोली क्यानडा भने सान्त्वना जितको खोजीमा हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!