क्यानडाविरुद्ध कप्तान रोहितले लिए एकै ओभरमा दुई विकेट

Posted on: 10 Feb, 2024

माघ २७, काठमाडौँ | क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले चौथो विकेट लिएको छ । क्यानडाको चौथो विकेट कप्तान रोहित पौडेलले लिएका हुन् । यसअघि पनि कप्तान रोहितले तेस्रो विकेट क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान परगत सिंहलाई ३८ रनको व्यक्तिगत स्कोरमा सोमपाल कामीद्वारा क्याच गराएका हुन् । 

उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस कीर्तनलाई पनि  २० रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् । 

३१।५ ओभरमा कीर्तन आउट हुँदा क्यानडाले १८० रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!