प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई एक सय ९९ रनको लक्ष्य

Posted on: 23 Jan, 2024

माघ ९, काठमाडौँ | प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनमा समेटियो।


बागमतीका लागि आशुतोष घिराइयाले ४४ रन जोडे भने इशान पाण्डेले ४३ रन बनाए। त्यस्तै विपीन आचार्यले ३८ रन र अशोक पौडेलले ३० रन बनाए। सूर्य तामाङले १५ रन बनाउँदा कप्तान रीत गौतमले १३ रन बनाए।

त्यसैगरी, गण्डकीका लागि कमल परियारले ४ विकेट लिए। यस्तै विपीन खत्री र अमृत गुरुङले समान दुई तथा सन्दीप पराजुलीले १ विकेट लिएका थिए।

  

यस बिषयमा तपाइको प्रतिक्रिया...!