यू -१९ विश्वकप क्रिकेट: न्युजिल्याण्डले नेपाललाई दियो ३०३ रनको विशाल लक्ष्य

Posted on: 21 Jan, 2024

माघ ७, काठमाडौं | दक्षिण अफ्रिकामा जारी यू – १९ विश्वकप क्रिकेटमा न्युजिल्याण्डले नेपाललाई ३०३ रनको विशाल लक्ष्य दिएको छ  ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ गर्दै न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३०२ रन बनाएको हो ।

न्युजिल्यान्डका लागि स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको सानदार अविजित शतकीय पारी खेलेका थिए । त्यस्तै, कप्तान ओस्कार ज्याक्सन ७५ रन बनाएर आउट भए ।

नेपालका लागि बलर सुबास भण्डारीले ३ विकेट लिए भने गुलशन झाले २ विकेट लिए | त्यस्तै दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १-१ विकेट लिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!