यू-१९ विश्वकपमा गुलसन झाले लिए न्युजिल्यान्डको लगातार दुई विकेट

Posted on: 21 Jan, 2024

माघ ७, काठमाडौं | आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालका गुलसन झाले न्युजिल्याण्डका दुई विकेट लिएका छन् ।

आफ्नो ७ औं ओभर बलिङ लिएर आएका गुलसनले दोस्रो र तेस्रो बलमा न्युजिल्याण्डको विकेट लिएका हुन । गुलसनको बलिङमा आउट हुने क्रममा ल्याकल्याण्ड स्टाकपोल्ड र ज्याक कमिन शून्य रनमा आउट भए ।

यसअघि नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका न्युजिल्यान्डका कप्तान ओस्कर ज्याकसनलाई आकाश त्रिपाठीले ७५ रनमा आउट गरेका थिए 

पहिलो १५ ओभरभित्र आफ्नो महत्वपूर्ण तीन विकेट गुमाएको न्युजिल्यान्डका लागि स्नेहिथ रेडी र कप्तान ओस्कर ज्याकसनले सम्हाल्दै बलियो स्थितीमा पुर्याएका हुन ।

उत्कृष्ट ब्याटिङ गरिरहेका रेडी भने शतको मुखमा छन् । उनी ९७ रन बनाएर खेलिरहेका छन् । टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्याण्ड ४४ ओभरमा ६ विकेट गुमाएर २४० रन बनाएर खेलिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!