बागमतीविरुद्ध आर्मी क्लब ९७ रनमै अलआउट, सूर्यले लिए ५ विकेट

Posted on: 17 Jan, 2024

माघ ३, काठमाडौं | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब ९७ रनमा अलआउट भएको छ ।

मूलपानी क्रिकेट मैदानमा सूर्य तामाङले घातक बलिङ गरेपछी आर्मी क्लब  २७.१ ओभरमा ९७ रनमा अलआउट भएको हो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले २८, भीम सार्कीले १८ र विवेक यादवले ११ रन बनाए । आर्मीका ६ खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

बागमतीका लागि बलर सूर्य तामाङले २६ रन खर्चेर ५ विकेट लिए । उनले अघिल्लो खेलमा पनि ह्याट्रिकसहित ६ विकेट लिएका थिए । त्यस्तै, प्रतिस जिसी र रिजन ढकालले २–२ तथा कृजन गुरुङले १ विकेट लिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!