आईसीसी महिला टी–ट्वान्टी: बहराइनसँग आज दोस्रो खेल खेल्दै नेपाल

Posted on: 01 Sep, 2023

भदौ १५, काठमाडौँ | आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ । 

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे क्वालालम्पुरमा सुरु हुनेछ । आजको खेल जित्दै नेपाल सेमिफाइनलको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । 

पहिलो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको नेपाल लगातार दोस्रो जितको योजनामा रहेको छ । 

यस्तै, पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन पनि लगातार दोस्रो जितको खोजीमा रहने छ ।

यस प्रतियोगितामा ११ राष्ट्रहरुको सहभागिता रहेको छ । समूह ए मा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन् | भने समूह बी मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । 

फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!