इलाम २ ताजा नतिजा: स्वतन्त्रका उम्मेदवारले एकाएक घटाए मतान्तर (ताजा अपडेट)

Posted on: 29 Apr, 2024

वैशाख १७, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङ सबैभन्दा बढी मत पाएर अग्र स्थानमा छन् भने पछिल्लो परिणाम अनुसार डकेन्द्रसिंह थेगिम लिम्बूले तेस्रो स्थानमा रहँदै आफ्नो मतान्तरलाई ह्वात्तै बढाएका छन् । 

निर्वाचन आयोगले जारी गरेको ताजा मत परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ५०२७ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ३७५९ मत पाएका छन् । 

त्यस्तै 'मूढा' चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानमा छ न्। उनले आफ्नो मतान्तर एकाएक बढाएर १८१५ पुर्याएका छन् ।

त्यस्तै, चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ७६० मत ल्याएका छन् ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!