बझाङमा २३ हजार ३७३ मत गन्दासम्म कांग्रेसको अग्रता कायमै

Posted on: 29 Apr, 2024

बैशाख १७, काठमाडौँ | बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले २५९ मतले अग्रता बनाएका छन् । 

सोमबार बिहानको अद्यावधिक विवरण अनुसार कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८ हजार ८७४ मत प्राप्त गर्दै अग्रता लिँदा एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ६१५ मत ल्याएका छन्।

यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार २१५ मत प्राप्त गरेका छन्। एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३१० मत प्राप्त गरेका छन्।

हालसम्म सो निर्वाचन क्षेत्रमा २३ हजार ३७३ मत गणना सकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!