भारतसँग एसिया कप खेल्न श्रीलंका पुग्यो नेपाली टोली (फोटोहरु)

Posted on: 31 Aug, 2023

भदौ १४, काठमाडौँ | एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।

बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो । पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो ।

नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!