इमर्जिङ टिम्स एसिया कप: नेपालले दियो भारत 'ए' लाई १६८ रनको लक्ष्य

Posted on: 17 Jul, 2023

साउन १, काठमाडौं | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको छ ।

कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो | 

नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रनको योगदान गरे । गुल्सन झाले ३८ रन बनाए । 

टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले अर्धसतक बनाएका हुन् ।  उनले ८५ बलको सामना गरी सात चौका हिर्काएका थिए । भने गुल्सन झाले ३० बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३८ रन बनाएका थिए । उनको विकेट निसान्त सिन्धुले लिए । सिन्धुले उनलाई ध्रुव जुरेलद्वारा क्याच गराएका थिए । नेपालका लागि अरु खेलाडीहरु राम्रो प्रदर्शन गरेरन | नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमै शुन्य रनमा आउट भएका थिए । आसिफ शेख ७, देव खनाल १५ रन, भीम सार्की ४, सोमपाल कामी  १४ रन बनाएका थिए । भने कुशल मल्ल शुन्य र पवन सर्राफ ६ रन बनाउँदै आउट भएका थिए 

भारतका लागि बलर निसान्त सिन्धुले ४, राजबद्र्धन हंगारगेकरले ३ विकेट लिए भने  हर्षित राणाले २, मानव सुथारले १ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!