६ म्याग्नेच्युडको भूकम्पको धक्काले काठमाडौँ हल्लायो

Posted on: 31 Jul, 2022

साउन १५, काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब सवा आठ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।

 राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले केहीबेर अघि गएको भुकम्पंको मापन ६ म्याग्‍निच्यूडको रहेको बताएका छन् । अधिकारीका अनुसार खोटाङको मार्तिम बिर्ता ​केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको हो । भूकम्पको धक्का काठमाडौँमा समेत महशुस भएको थियो । साथै यसको धक्का पूर्वी नेपालमा अझै कडा महसुश भएको थियो । 

भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!