पोखराका दुई तालमा दुई शव फेला

Posted on: 05 Jun, 2019

जेठ २२, कास्की | पोखरा–३१ स्थित बेगनास तालमा एक व्यक्ति मृत फेला परेका छन् । उनको नाम र ठेगाना खुल्न नसकेको गण्डकी प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ ।

यस्तै पोखरा–६ गौरीघाटस्थित रत्नमन्दिरको प्रवेशद्वार अगाडि फेवा तालमा सिन्धुपाल्चोकको बाँणे गाउँका २७ वर्षीय थविन्द्र कोइरालाको शव फेला परेको छ । 

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । 

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार

गण्डकी प्रदेश सभामा आज प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम आगामी जेठ २४ गते शुक्रबार हुने भएको छ ।

गण्डकी प्रदेशसभामा आज दिनको ३ बजे प्रदेश प्रमुख बाबुराम कुँवरबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मावलम्बीको पर्व इदुल्ल फित्र परी नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका कारण उक्त कार्यक्रम आगामी २४ गते दिनको ३ बजे गर्ने निर्णय गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!