खोलाले बगाएका एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता

Posted on: 03 Aug, 2017

माधव बेल्वासे/ साउन १९, चन्द्रौटा । अविरल बर्षाका कारण आएको खोलाले बगाउदा कपिलवस्तुको विजयनगर गाउपालिकामा एक जनाको शव फेला परेको छ भने अर्का एक जना बेपत्ता भएका छन् । 

रोल्पा घर भएका आफन्तको मृत्यु भएपछि कृया गर्ने क्रममा कृयाको काम सकेर फर्कदा बुधबार राति बिसहवा खोलाले बगाउँदा अन्दाजि ५० बर्षिय पुष्टे सुनारको विहिबार बिहान शव फेला परेको छ भने रोल्पा नै घर भई विजयनगर गाउँपालिका वडा नं.१ म नौडिहवामा आफन्तको घरमा आएका अन्दाजि ५१ ब्र्षिय नेत्र सुनार बेपत्ता भएको गणेशपुर प्रहरि चौकिले जनाएको छ ।

आफन्तको मृत्युका कारण दुवै जना आफन्तको घरमा आएका थिए । बेपत्ताको खोजिको लागि ईलाका प्रहरि कार्यालय गणेशपुरका प्रहरि निरिक्षक खिम बहादुर घर्ति मगरको नेतृत्वमा प्रहरि टोलि घटेनास्थल पुगेर अनुसन्धान गरिरहेको ईलाका प्रहरि कार्यालय गणेशपुरले जनाएको छ ।

बेपत्ताको अनुसन्धानको लागि ठाकुरापुर प्रहरि चौकि र अस्थायि प्रहरि पोस्ट खणैचाको प्रहरि टोलि परिचालन गरि खोजि कार्य भईरहेको ईलाका प्रहरि कार्यालय गणेशपुरका प्रहरि निरिक्षक खिम बहादुर घर्ति मगरले जानकारि दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!