ट्राफिक प्रहरी कार्यालय कपिलबस्तद्धारा सादा पोशाकमा अप्रेसन

Posted on: 28 Jul, 2017


मो इमरान खान/साउन १३, कपिलवस्तु । ट्राफिक सचेतना अभियान संगसंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुले आजबाट सादा पोशाकमा अप्रेसन शुरु गरेको छ । 

ट्राफिक नियमको ज्ञान भएर पनि लापरवाही गर्ने र ट्राफिक प्रहरीलाई नटेर्ने प्रबृत्तिलाइ निरुत्साहित गर्न ट्राफिक प्रहरीलाई जिल्लाका विभिन्न स्थानमा सादा पोशाकमा परिचालन गरि ट्राफिक नियमको उलंघन गर्ने सवारी चालकलाई नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याउने र सहज ट्राफिक ब्यबस्थापनद्वारा सवारी दुर्घटनामा कमि ल्याउने कार्यक्रमको उद्देश्य रहेको छ । 

यस अप्रेसनमा सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले ट्राफिक नियम उलंघन गर्ने सवारी चालकलाई रोक्नेछन र तिनिहरुको सम्बन्धितकागजात तथा सवारी साधन समेत नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरुसिंगेमा ल्याई औडियो तथा भिडियो समेतको ट्राफिक सचेतना कक्षा पश्चात नियमानुसारको जरिवाना गरि छाडिने छ । 

यो अप्रेसन विशेष गरि हेलमेट नलगाउने र  तीन जना चढाउने मोटर साइकलमा केन्द्रित रहनेछ । साथै आज बिहान ०८ बजे बुद्दभुमी नगरपालिका पुर्ब पश्चिम राजमार्गको बुड्डी चोकमा भएको ट्राफिक प्रहरी सादा पोशाक अप्रेसनमा ३० भन्दा बढि मोटर साइकललाई आबश्यक कारवाहीका लागि नियन्त्रणमा लिइएको । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी निरक्षक अमर बहादुर कार्किले जानकारी गराउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!