कपिलबस्तु सांसद अभिषेक प्रताप शाहद्वारा एम्बुलेन्स हस्तान्तर

Posted on: 01 Jun, 2017

जेठ १८, कपिलबस्तु | अजय प्रताप शााह मेमोरियल ट्रस्टले युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । कपिलबस्तु क्षेत्र नं. ५ का सांसद अभिषेक प्रताप शाहका बुवा स्व. अजय प्रताप शाहको नाममा रहेको मेमोरियल ट्रस्टले भारतीय दुताबासबाट पाएको एम्बुलेन्सलाई बुधकार एक कार्यक्रमकाबीच दिगो बिकास युवा क्लब रामनगरलाई हस्तान्तरण गरेको हो । 

स्वः अजय प्रताप शाहकी आमा मनोरमा देवी शाहले एम्बुलेसको साञ्चो युवा क्लबका संयोजक दिपेन्द्र सिंह चौधरीलाई हस्तान्तरण गरेकी हुन । एम्बुलेन्सबाट गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याउन लाग्ने खर्च सांसद अभिषेक प्रताप शाहले आफ्नो तलब बाट तिर्ने र थप ३ वटा एम्बुलेन्स यस क्षेत्रका जनतालाई दिने बताएका छन । सो कार्यक्रममा क्षेत्र नं. ५ का साविकका तीन गाबिस गणेशपुर, पत्थरदेईया र खुरुहुरियाका कुल ४३ जना महिला स्वयं सेविकाहरु लाई छाता पनि वितरण गरिएको छ । यसअघि साविकको गणेशपुर गाबिसका २० जना स्वयं सेविकालाई साईकल वितरण गरेको जानकारी सांसद अभिषेक प्रताप शाह ले दिएका छन । - मो इमरान खान

यस बिषयमा तपाइको प्रतिक्रिया...!